प्रदेश–७ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित • Image Khabar Image Khabar


प्रदेश–७ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित


Imagekhabar
२९ जेष्ठ २०७५, मंगलवार ०७:३६

प्रदेश–७ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

बिराज रोस्यारा (इमेज):

कैलाली, जेठ २९ । प्रदेश नम्बर–७ को सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतरुपले पारित भएको छ ।

शनिबार प्रदेशप्रमुख मोहनराज मल्लले प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम तीन दिनको छलफलपछि मंगलबार पारित गरिएको हो ।

सरकारको नीति तथा कार्यक्रमा तीन दिनसम्म प्रदेशसभा बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए ।

मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा सदस्यहरुले उठाएका विषयमा जवाफ दिँदै नीति तथा कार्यक्रमले ७ नम्बर प्रदेशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने बताए ।

तीन दिनसम्म ४० जना प्रदेशसभा सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए ।

मंगलबार नै प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गाउँसभा तथा नगरसभाको कार्यसन्चालनका लागि आश्यक विधेयक प्रदेशसभामा प्रस्तुत् गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्