
विराटनगर, भदौ १ । नेकपा माओवादी क्रान्तिकारी पार्टीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने टिप्पणी गरेका छन् ।
बुधबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै वैद्यले ‘विदेशी शक्तिको आडमा अहिलेको सरकार बनेकाले देश र जनताको पक्षमा यसले काम गर्न नसक्ने’ टिप्पणी गरेका हुन् ।
उनले ‘सरकार परिवर्तनका लागि विदेशीको हात रहन्छ भने यस्ता सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न नसक्ने’ जिकिर गरे ।
जनताको पक्षमा काम गर्ने सरकार अहिलेसम्म नबनेको भन्दै उनले नेपालीको मुद्दा नेपालीले नै टुंगो गर्ने व्यवस्थाको जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्