
काठमाडौं, भदौ २ । सरकारको प्रवक्तामा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्की चयन भएका छन् । सूचना तथा सन्चारमन्त्री सरकारको प्रवक्ता तोकिने परम्परा रहिआएको छ ।
प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलोपटक उनले विहीबार बसेको मन्त्रिपरिषदको निर्णयकाबारेमा सन्चारकर्मीलाई जानकारी गराएका थिए ।
नवनियुक्त प्रवक्ता कार्कीले साउन ३० गते सूचना तथा सन्चार मन्त्रालयको कार्यभार सम्हालेका थिए ।
उनले भने–‘सर्वप्रथम म मन्त्रिपरिषदको प्रवक्ताको जिम्मेवारी सम्हालेपछि सबै सन्चारकर्मीलाई अभिनन्दन गर्दछु, मन्त्रिपरिषदका बैठकका निर्णय यहाँहरुलाई जानकारी गराउनेछु ।’ रासस
प्रतिक्रिया दिनुहोस्