३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


श्रीमान्ले लोहोरो हान्दा श्रीमतीको मृत्यु


0
Shares

लहान, भदौ ३ । आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा शुक्रबार सिरहामा एक महिलाको मृत्यु भएको छ ।

घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका–६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो ।

लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुर्‍याइएको थियो ।

उपचारकैक्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस