सरकारको मुख ताक्नुभन्दा आफैं अघि बढ्नोस् : देउवा • Image Khabar Image Khabar


सरकारको मुख ताक्नुभन्दा आफैं अघि बढ्नोस् : देउवा


Imagekhabar
४ भाद्र २०७३, शनिबार ०१:३०

सरकारको मुख ताक्नुभन्दा आफैं अघि बढ्नोस् : देउवा

काठमाडौं, भदौ ३ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको मुख ताक्नुभन्दा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र स्वयं अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारको बाटो कुर्दा विकास निर्माणका लागि समय लाग्नसक्ने भन्दै आवश्यक परे विदेशी लगानीकर्ताहरुलाईसमेत साथमा लिएर निजी क्षेत्रले पर्यटन विकास गर्नुपर्ने बताए ।

सो अवसरमा देउवाले यो वर्षको ‘पर्यटन म्यान अफ द इयर’को उपाधि पर्यटन व्यवसायी मोहन लम्साललाई प्रदान गरे ।

त्यस्तै, पत्रकारिताबाट पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै इमेजकर्मी प्रतीक लामिछाने र राजधानी दैनिकका मधुजंग पाण्डेलाई जनही १०/१० हजार रुपैयाँ नगद राशीसहितको ‘गन्तव्य नेपाल पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्