 
	    काठमाडौं, भदौ ४ । कांग्रेसको भातृ संगठन नेवि संघमा नयाँ नेतृत्व चयनसँगै देशभरका पत्रकारमाझ प्रिय मानिएका प्रवक्ताको यूपी लामिछानेले पदबाट अलग भएको घोषणा गरेका छन् ।
‘हाम्रो निकै प्रयास रहँदा रहँदै पनि केही महत्वपूर्ण शैक्षिक मुद्दा निस्कर्षमा पुर्याउन नसकेकोमा क्षमा माग्दै स्ववियु चुनाव गराउन नसकेको तितो अनुभव लिएर नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट विदा भएको छु,’ लामिछानेले एक बिज्ञप्तीमार्फत भनेका छन् ।
उनले बिज्ञप्तीमा भनेका छन् ‘एकातिर आफ्नै संगठनभित्रको किचलोले पटकपटक महाधिवेशनको मिति तोक्दै सार्दै जानुपर्ने कारण संगठनप्रतिको विश्वास कम हुँदै जाँदा कार्यकर्तामा छाएको निराशालाई चिर्दै जानुपर्ने बाध्यता थियो भने अर्कोतिर मुलुकमा संविधान सभा चुनाव, संविधान निर्माण, राष्ट्रियता, जनजिबिका लगायतका बिषयहरुसित जोडिएका सवाल र शैक्षिक आन्दोलनलाई संग संगै अगाडि बढाउनुपर्ने महत्वपूर्ण चुनौति बनेर आएका थिए ।’
यी सबै चुनौतीलाई सामना गर्दै जारी विद्यार्थी आन्दोलनमा आफ्नो संगठनको दरिलो उपस्थिति कायम राख्दै साथीहरुको साथ र सहयोगमा हामीले ११ औं महाधिवेशन सम्पन्न गरेका छौं ।
महाधिवेशन सम्पन्न गराउन सहयोग गर्नुहुने पार्टी नेतृत्व, सञ्चारजगत, सुरक्षा निकाय महाधिवेशन प्रतिनिधि ज्यूहरु लगायत आ-आफ्नो ठाउँबाट रचनात्मक सहयोग पुर्याउनुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
निकै संघर्ष र चुनौतिपूर्ण तरिकाले महाधिवेशन सम्पन्न गरे पनि स्ववियु चुनाव गराउन नसकेको र केही शैक्षिक मुद्दालाई निष्कर्षमा पुर्याउन नसकेकामा उनले क्षमा पनि मागेका छन् ।
लामिछानेले एघारौं महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिलाई बधाई दिँदै महाधिवेशन सम्पन्न गर्न सघाउने पत्रकार, पार्टी नेतृत्व लगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।
नेविसंघको एघारौं महाधिवेशनबाट शेरबहादुर देउवा पक्षका नैनसिंह महर अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमितिका अधिकांश पदमा देउवा पक्षकै धेरै चुनिएका छन् । लामिछाने भने रामचन्द्र पौडेल पक्षका मानिन्छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्