
काठमाडौं, भदौ ४ । रगतको अभाव हटाउन रोटरी क्लब अफ राजधानीले शनिबार काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा क्लबका सदस्यहरुले रक्तदान गरेका थिए ।
यसैगरी, कार्यक्रममा निःशुल्क दन्त परीक्षणसमेत गराइएको थियो ।
रोटरी क्लब अफ राजधानीका अध्यक्ष डा. कोकिला वैद्यले क्लबले विभिन्न समयमा गर्दै आइरहेको सामाजिक कार्यबारे जानकारी गराएकी थिइन् ।
आगामी दिनमा पनि यस्ता कार्यक्रम सन्चालन गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्