दसैं–तिहारपछि अर्को आन्दोलन गर्ने यादवको चेतावनी • Image Khabar Image Khabar


दसैं–तिहारपछि अर्को आन्दोलन गर्ने यादवको चेतावनी


Imagekhabar
४ भाद्र २०७३, शनिबार २३:०५

दसैं–तिहारपछि अर्को आन्दोलन गर्ने यादवको चेतावनी

रौतहट, भदौ ४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन या पुनर्लेखन नभए खारेज हुने बताएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार संघीय गठबन्धनले गरेको कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा अहिलेसम्म ६ ओटा संविधान खारेज भइसकेकाले अहिलेको संविधान पनि खारेज भए केही फरक नपर्ने बताए ।

उनले सरकारले तराई–मधेससहित सीमान्तकृत वर्गको पहिचान, स्वायत्तता र समावेशीको सुनिश्चितता गराउन नसके दसैं–तिहारपछि अर्को आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्