
काठमाडौं, भदौ ५ । आयोजक ब्राजिलले रियो ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ ।
शनिबार राती भएको फाईनल खेलमा सदावहार प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुट आउटमा हराउँदै ब्राजिलले उपाधि जितेको हो ।
खेलको निर्धारीत ९० मिनेटको समयमा दुबै टोलीबाट १-१ गोलको बराबरी भएको थियो ।
पहिलो हाफमै ब्राजिलका नेईमारले गोल गरेपनि दोस्रो हाफमा जर्मनीका म्याक्स मेयरले एक गोल फर्काएपछि खेल टाई ब्रेकरमा पुगेको हो ।
टाई ब्रेकरमा ब्राजिलका नेईमारले अन्तिम प्रहारलाई गोलमा बदल्दै टोलीलाई ५-४ ले जिताए ।
यो जितसँगै ब्राजिलले दुई वर्षअघि आफ्नै राष्ट्रमा सम्पन्न विश्वकप फुटबलमा जर्मनीसँग भोगेको हारको बदला लिएको छ । ब्राजिलले ओलम्पिक फुटबलको उपाधि जितेको यो पहिलो अवसर हो ।
ओलम्पिकको अघिल्लो संस्करणमा मेक्सिकोसँग पराजित ब्राजिल त्यसअघि सन् १९८४ र १९८८ मा पनि फाईनलमा पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्