
काठमाडौं । नयाँ बर्ष २०७६ को अवसर पारेर गैरआवासीय नेपाली संघ(एनआरएनए) स्वीडेनले शनिबार शुभकामना तथा साँस्कृतिक साँझ कार्यक्रम गरेको छ ।
स्वीडेनको राजधानी स्कटहोलम पुगेका चर्चित लोक दोहोरी गायिका तथा बेली डान्सर प्रिती आले चर्चित फिल्मी गायक कृष्ण काफ्लेले साथै स्थानीय कलाकारले उपस्थित नेपाली तथा विदेशी पाहुनालाई मनोरन्जन दिए ।
प्रमुख अथितिका रुपमा बोल्दै एनआरएनए आईसिसी उपाध्यक्ष कुल आचार्यले यस्ता कार्यक्रमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सहज हुने प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्