Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उमाविका लागि सञ्चालित महायज्ञबाट ५६ लाख रुपैंयाँ संकलन


0
Shares

पाँचथर । पाँचथरमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न गरिएको महायज्ञबाट ५६ लाख रुपैयाँ संकलन भएको छ ।

उच्च माध्यमिक विद्यालय तह सञ्चालन गर्ने उद्देश्यले पाँचथरको हिलिहाङ–४ सिद्ध माध्यमिक विद्यालय पञ्चमीमा गत चैत २५ गतेबाट सञ्चालित एकहप्ते महायज्ञबाट ५६ लाख रुपैयाँ संकलन भएको पुराण मूल समारोह समितिका अध्यक्ष जिवन गिरीले जानकारी दिए ।

कक्षा ११ र १२ सम्म अध्ययन गर्न विद्यार्थीले अढाई घण्टा टाढा धाउनुपर्ने तथा सदरमुकाम जानुपर्ने बाध्यता भएकाले आफ्नै घरबाट विद्यार्थीले पढ्न सकुन् भन्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको मूल समारोह समितिका सचिव तथा विद्यालयका प्रधानाध्यपक भगिश्वर योङ्याले बताए । 

Skip This