२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


रिजालले मधेसी नेतालाई भने–‘शर्तमाथि शर्त नतेर्स्याउनोस्’


0
Shares

काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संविधानलाई सर्वस्वीकार्य बनाउने बाटोतिर लाग्नुपर्ने बेलामा शर्तमाथि शर्त नतेर्स्याउन मधेसी नेताहरुलाई आग्रह गरेका छन् ।

रिपोर्टर्स् क्लबले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले ‘संविधान कार्यान्वयनका लागि निर्वाचन जरुरी छ’–भने ।

यस्तै, नेकपा एमालेका नेता रघुवीर महासेठले संविधान संशोधन देश र जनताको हितमा भएमात्र आफ्नो पार्टीले विचार गर्नसक्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले स्थानीय तहको निर्वाचन आगामी चैतसम्म गरिसक्नुपर्ने भन्दै ‘पुरानै संरचनामा स्थानीय चुनाव हुन सक्दैन’–भने ।