काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले केन्द्रदेखि स्थानीय तहसम्मको निर्वाचन एकैपटकमा गर्न सम्भव नहुने बताएको छ ।
निर्वाचन आयोगले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ‘स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन एकैचोटी गर्न सम्भव हुँदैन’–भने ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको जटिलता समाधानका लागि आवश्यक पर्ने ऐन–कानुन बनाउन र ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न पनि सरकार तयार रहेको बताएका थिए ।
त्यस्तै, छलफलमा सहभागी भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले निर्वाचन गराउने विषयमा आयोग पदाधिकारीसँग कुराकानी भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्