२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ग्रिनेड आक्रमणमा ८ बर्षीय बालकको मृत्यु


0
Shares

स्विडेन, भदौ ७ । स्वीडेनको गोथेनवर्ग शहरमा एकजना ८ बर्षीय बालकको ग्रिनेड आक्रमणमा मृत्यु भएको छ ।

आफ्ना नातेदारको घरमा सुतिरहेका बालक युसुफ वारसेम बाहिरबाट फ्याँकिएको ग्रिनेड आक्रमणमा परेका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

उनी ब्रिटेनबाट स्वीडेन आएका थिए । आक्रमणमा परी कम्तिमा पाँच बालबालिका र अरु धेरै घाईते भएका छन् । आक्रमण कसले र किन गर्‍यो भन्नेबारे केही खुलेको छैन ।

स्वीडेनमा अपराधको दर कम रहे पनि स्टकहोम, गोथेन्बर्ग, माल्मोलगायतका विपन्न क्षेत्रमा हिंसा नियन्त्रण गर्न प्रहरीलाई समस्या भइरहेको छ । (एजेन्सी)