
काठमाडौं, भदौ ७ । नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औं कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषदको सदस्यको निर्वाचनका लागि विभिन्न समूहले उम्मेदवारी घोषणा गरेका छन् ।
यही भदौ ३१ गते हुने प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूह, लोकतान्त्रिक इन्जिनियर्स समूह र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह आ–आफ्नो उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।
अध्यक्षमा प्रगतिशील समूहबाट डा. सुमित्रा अमात्य, लोकतान्त्रिक समूहबाट हरेराम श्रेष्ठ र राष्ट्रिय समूहबाट डा. जगतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रगतिशील समूहका उपाध्यक्षमा माधव कोइराला, महासचिवमा प्रदीप अधिकारी, उपमहासचिवमा खिमानन्द कँडेल र कोषाध्यक्षमा सञ्जीव रोकाहाको उम्मेदवारी घोषणा गरिएको छ ।
यसैगरी, लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा उमाशंकर साह, महासचिवमा उमेशप्रसाद थानी, उपमहासचिवमा रविभूषण झा र कोषाध्यक्षमा सुसन वैद्य उम्मेदवार रहेका छन् ।
यस्तै, राष्ट्रिय समूहबाट उपाध्यक्षका उम्मेदवारमा कृष्णभद्र अर्याल, महासचिवमा तारानाथ सापकोटा, उपमहासचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा रामएकवल यादव छन् ।
वि.सं. २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार इन्जिनियर छन् । काठमाडौंलगायत देशभरिका ११ प्रमुख सहरमा एकैदिन निर्वाचन हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्