मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस नेताहरु छलफलमा • Image Khabar Image Khabar


मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस नेताहरु छलफलमा


Imagekhabar
८ भाद्र २०७३, बुधबार १६:०१

मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस नेताहरु छलफलमा

फाइल फोटो

काठमाडौं, भदौ ८ । सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम आज टुंगो लगाउने भएको छ ।

मन्त्रीको नाम चयन गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।

कांग्रेसले यसअघि उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।

कांग्रेस सभापति देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै कांग्रेसबाट हुने सबै मन्त्रीलाई सपथ गराउने कार्यक्रम छ । मन्त्रीको टुंगो लगाएपछि पार्टीमा रिक्त पदाधिकारी र विभागलाई पूर्णता दिने तयारी देउवाको छ ।

कांग्रेसले मन्त्री हुनेहरुको नाम टुंगो लगाए प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्