पूर्वराजा ज्ञानेन्द्र खुसी, दिए धन्यवाद ! • Image Khabar Image Khabar


पूर्वराजा ज्ञानेन्द्र खुसी, दिए धन्यवाद !


Imagekhabar
९ भाद्र २०७३, बिहीबार ०१:१९

पूर्वराजा ज्ञानेन्द्र खुसी, दिए धन्यवाद !

                                                          फाइल फोटो
काठमाडौं, भदौ ८ । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत् मूल्य र मान्यता देशमा जीवितै रहेको’ भन्दै खुसी व्यक्त गरेका छन् ।

नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलमा काटिएको विद्युत् पुनः जोडेकोमा उर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिँदै पूर्वराजा शाहले ‘असावधानीबस् भएको त्रुटि समयमै सच्याएर सरकारले जनआवाजको कदर गरेको’ बुधबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

महेन्द्र मञ्जिलमा बिजुली काटिएपछि सामाजिक सञ्जालमा व्यक्त सहानुभूति र मिडियाले पनि दर्शाएको असहमतिलाई पनि उनले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्