२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


कांग्रेसबाट को–को बन्ने भए मन्त्री ?


0
Shares

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसमा मन्त्रालयको भागबन्डा टुंगो लागेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो । जसअनुसार पौडेलपक्षले पाँचओटा मन्त्रालय पाउने भएको छ ।

सहमतिसँगै पौडेलपक्षले आफ्नोपक्षबाट सरकारमा जानेहरुको नाम पनि टुंगो लगाएको बुझिएको छ ।

जसअनुसार सीतादेवी यादव, नविन्द्रराज जोशी, हृदयराम थानी, रोमी गौचन थकाली र दीपक गिरी सरकारमा जानेछन् । उनीहरुको मन्त्रालयको भने अझै निक्र्यौल भइसकेको छैन ।

देउवापक्षबाट अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, जीवनबहादुर शाहीको नाम टुंगो लागेको छ ।

मीन विश्वकर्मा र केशवकुमार बुढाथोकीमध्ये एकजना पनि मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै, कृष्ण सिटौला समूहबाट गगन थापा र खुमबहादुर खड्का समूहबाट मोहन बस्नेत र शंकर भण्डारीमध्ये एकजना मन्त्री बन्नेछन् ।

कांग्रेसबाट सरकारमा सहभागी हुनेहरुलाई शुक्रबार बिहान शपथग्रहण गराइने जनाइएको छ ।