बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्रीको निर्देशन • Image Khabar Image Khabar


बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्रीको निर्देशन


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार १९:३०

बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चितवनको चन्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरुको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

दुर्घटनामा परी २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ भने १३ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

विहीबार राति बस दुर्घटनामा परेको भएपनि बिहान ४ बजे गस्तीमा गएको प्रहरीले बस नदीमा तैरिरहेको देखेपछि उद्धार सुरु गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्