राजु चौधरी (इमेज)
अपडेट
चितवन, भदौ १० । नारायणगढ–मुग्लिन सडकखन्डको चन्डीभन्ज्याङ गाविसस्थित कालीखोलामा शुक्रबार बिहानै भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
गौरबाट पोखराका लागि छुटेको ग१ख ३७०९ नम्बरको बस दुर्घटना हुँदा २१ जनाको घटनास्थलमै र अर्का एकजनाको भरतपुरमा उपचारकाक्रममा मृत्यु भएको हो ।
मृतकमध्ये १९ पुरुष र तीन महिला रहेका छन् ।
सनाखत हुनेहरुमध्ये रौतहट मधुवल्लाका चित्तरञ्जन यादव, सोही ठाउँका राकेशप्रसाद यादव, रौतहट, लौकाहाका राकेश यादव, रौतहट, कटारियाका ब्रजकिशोर कुशवाहा, रौतहट, बसतपुरका गणेशकुमार साह, भारत, चम्पाका थेकन ठाकुर, सोही ठाउँका शंकर ठाकुर, रौतहट, गौरका जोकु साह, इनवरियाका जोगेन्द्र गिरी र रौतहट, मदपुर–८ का प्रमोद राम छन् । अरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा अरु १६ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइते यात्रुको अवस्था पनि गम्भीर रहेको छ ।
घाइतेको उद्धारपछि उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ ।
बस झन्डै सय मिटर तल नदीमा खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाइँले जानकारी दिए ।
बिहान ४ बजे गस्तीमा निस्केकाबेला नदीमा बस तैरिरहेको देखेपछि प्रहरीले उद्धार थालेको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली जुटेका थिए ।
प्रतिक्रिया दिनुहोस्