२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


‘भारत र चीनसँग मित्रवत् सम्बन्ध राखेर अधिकतम् लाभ लिनुपर्छ’


0
Shares

काठमाडौं, भदौ १० । नवनियुक्त वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताकासाथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुने बताएका छन् ।

शुक्रबार सिहंदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै उनले भने–‘हामी जनतालाई सेवा दिने हौं । राजनीतिक आस्थाका आधारमा कसैमाथि विभेद् गरिने छैन, त्यसैले तपाइँहरु निर्धक्क भएर काम गर्नुहोस् ।’

मन्त्री थकालीले विशेषज्ञता हासिल गरेका कर्मचारीलाई प्राथमिकता राखेर काम गर्नुपर्ने भन्दै आफूले मन्त्रालयको काम गर्ने समूहको नेतृत्वलाई कमजोर नबनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भारत र चीनसँग मित्रवत् सम्बन्ध राखेर अधिकतम् लाभ लिनुपर्नेमा जोड दिँदै दुई मुलुकसँगको द्विपक्षीय र आन्तरिक सम्बन्ध स्थापना गर्नुपर्ने बताए ।

मन्त्री थकालीले संक्रमणकालीन अवस्थामा सरकार रहेकाले मुलुकको अर्थतन्त्र सुदृढ गदै लैजानुपर्ने बताए ।

मुस्ताङबाट वि.सं. २०७० को संविधानसभाको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित मन्त्री थकालीले वि.सं. २०३४ मा नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले मन्त्री थकालीलाई मन्त्रालयमा भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । रासस