
रुकुम, भदौ १० । रुकुममा दुई सातादेखि मनाइँदै आएको लाखेनाच शुक्रबार सम्पन्न भएको छ ।
श्रीकृष्णजन्माष्टमीमा पूजा गरी भोलिपल्ट सदरमुकाममा नाच समापन गर्ने परम्परा रहेको छ ।
श्रीकृष्णले कंशबध गरेको सम्झनामा लाखे नचाउने गरिएको हो । नाचमा कृष्णका गोपिनीहरुकोसमेत अभिनय गर्ने गरिन्छ ।
नाच हेर्नका लागि विभिन्न ठाँउबाट सदरमुकाम खंलगामा सर्वसाधारणको भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्