
फाइल फोटो
सर्लाही, भदौ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो राजनीतिक संक्रमणकालले सामाजिक सभ्यता, संस्कृति र मानवताको क्षेत्रमा नकारात्मक असर परेको बताएकी छन् ।
शुक्रबार सर्लाहीको लालबन्दीमा राधाकृष्ण मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक संक्रमणले कतिपय क्षेत्रमा अराजकतासमेत पैदा गरिरहेको बताइन् ।
प्राकृतिक सौन्दर्य, मठ–मन्दिर, तालतलैया, पुरातात्विक सांस्कृतिक तथा धार्मिक सम्पदाको स्थानीय जनसमुदायको योगदानबाटमात्र संरक्षण हुनसक्ने राष्ट्रपतिको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्