काठमाडौं, भदौ ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको चुनौती सामना गर्न सबै दल एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।
गोरखाबाट आएको बुढीगण्डकी आयोजना सरोकार समितिको प्रतिनिधिमण्डलसँग आज आफ्नै सरकारी निवास बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।
उनले संविधान कार्यान्वयनका लागि आन्तरिक एकता सुदृढ गर्नु जरुरी रहेको भन्दै छिमेकी मुलकहरुसँग सन्तुलित सम्बन्ध कायम राख्नु पनि अहिलेको प्राथमिकता भएको बताए ।
भारत र चीनसँगको पारस्परिक सम्बन्ध आफ्नो कार्यकालमा अझ सुदुढ बनाउने उनको भनाइ थियो ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा गोरखाबाट आएको बुढीगण्डकी आयोजना सरोकार समितिको प्रतिनिधिमण्डलले बुढीगण्डकी आयोजना राष्ट्रकै लागि गौरवको विषय भएको भन्दै निर्माण प्रकृयालाई अगाडि बढाउन आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्