
धनकुटा, चैत ३० । रामनवमीको अवसरमा धनकुटाको हिलेमा खाना महोत्सव र रथयात्राको आयोजना गरिएको छ ।
हिले पर्यटन प्रवर्द्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालले खाना महोत्सवको आयोजना गरेको हो ।
महोत्सवमा जातीय तथा स्थानीय खानाका परिकार, अर्गानिक तरकारी तथा फलफूलको परिकारहरु राखिएको छ ।
महोत्सव चार दिनसम्म सन्चालन हुनेछ ।
त्यस्तै, रामनवमीकै अवसरमा शनिबार रथयात्रासमेत गराइएको छ ।
प्रत्येक वर्षझैं यो वर्ष पनि रथयात्रा गराइएको हो ।
षडेश्वर महादेवको मन्दिरबाट राम, सीता र हनुमानसहितकोे रथयात्रा हिलेबजारको विभिन्न क्षेत्रमा परिक्रममा गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्