१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जनकपुरिया समाजको काठमाडौंमा तीज विशेष कार्यक्रम


0
Shares

काठमाडौं, भदौ ११ । समाजिक–सांस्कृतिक सद्भाव बढाउने उद्देश्यले मिथिलाञ्चलमा मनाइने जितिया पर्व र हिन्दू नारीहरुको तीज पर्वको अवसरमा शनिबार जनकपुरिया समाजले राजधानीमा तीज विशेष कार्यक्रम गरेको छ ।

आर्मी अफिर्सस क्लबमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरजनात्मक कार्यक्रम प्रस्तुत् गरिएको थियो ।

कार्यक्रममा हास्य कलाकारहरुलेसमेत आफ्नो कला प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा ठूलो संख्यामा महिलाहरुको सहभागिता थियो ।