२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


0
Shares

                                                          फाइल फोटो

धनुषा, भदौ ११ । धनुषाको जनकपुर–ढल्केवर राजमार्गको नक्टाझिज–हजराचोक सडकखन्डमा शनिबार दिउँसो दुईओटा मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार दिउँसो ३ बजे ज७प ५७१७ नम्बरको जनकपुरतर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३६प ९३१९ नम्बरको मोटरसाइकल हजराचोकमा ठक्कर खाँदा सर्लाही, गौरीशंकर गाविस–१ का मुकेश चौधरीको मृत्यु भएको छ भने अर्का मृतकको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतक मुकेश चौधरीकी भाउजु सुष्मा चौधरी गम्भीर घाइते भएकी छन् ।

घाइते चौधरीको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । रासस