१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


कमलाक्षीमा १५० जनाले गरे रक्तदान


0
Shares

काठमाडौं, चैत ३० । नेपाल रेडक्रस सोसाइटी उपशाखा महाबौद्धले शनिबार काठमाडौंको कमलाक्षीमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो ।

रक्तदानमा झन्डै १५० जनाले रक्तदान गरेका जनाइएको छ ।

रगतको अभावलाई कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

गत वर्ष देशभर झन्डै दुई लाख ३६ हजार व्यक्तिले रक्तदान गरेका थिए । तर, तीन लाखभन्दा बढीलाई रगतको आवश्यकता परेको रेडक्रसले जनाएको छ ।

रगतको अभावलाई हटाउन सरकारीस्तरवाटै विशेष अभियान सन्चालन गर्नुपर्ने विज्ञहरुको राय छ ।