
काठमाडौं, भदौ १२ । व्यवस्थापिका संसद बैठकमा राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले छोराका हत्यारालाई कार्वाही गर्न माग गर्दै गोरखाकी गंगामाया अधिकारीले गरिरहेको अनशनबारे जवाफ दिन सरकारसँग माग गरेका छन् ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएपछि उक्त हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दा बाबु नन्दप्रसादको अनशनकै क्रममा निधन भएको र अहिले गंगामायाको स्वास्थ्य अवस्था नाजूक भएकोबारे जानकारी गराउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारको खेलाँचीले गंगामायाको अवस्था नन्दप्रसादको जस्तो नहोस् भन्दै उनले सरकारलाई सचेतसमेत तुल्याए ।
प्रतिक्रिया दिनुहोस्