२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, भदौ १२ । साताको शुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर १७४८ पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहेसँगै नेप्सेमा पनि उल्लेख्य सुधार आएको हो ।

बीमा समूहमा सबैभन्दा उच्च ५७ अंकको सुधार आयो । वाणिज्य बैंक समूहमा पनि २३ अंकको उल्लेख्य सुधार आयो ।

वित्त समूह १५ अंकले र विकास बैंक समूह पनि ८ अंकले सकारात्मक रहे ।

होटल र जलविद्युत समूह भने दोहोरो अंकले ओरालो लागे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनीको १३ लाख १६ हजार कित्ता बराबर शेयर १ अर्ब ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।