२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको मूल्य सामान्य दरले ओरालो लाग्यो


0
Shares

काठमाडौं, भदौ १२ । आइतबार सुनको मूल्य सामान्य दरले ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले कमी आएर ५८ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सुनको मूल्य प्रतितोला सय रुपैयाँले नै झरेर ५८ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने ८ सय ५० मै स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस १३२५ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।