२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


सरकारसँग विश्वासको वातावरण बनेको छ : सर्वेन्द्रनाथ शुक्ला


0
Shares

काठमाडौं, भदौ १३ । संयुक्त मधेशी मोर्चाको प्रमुख घटक दल तराई मधेश लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले मधेसी मोर्चाले उठाएको माग सम्बोधन हुने दिशामा पुगेको बताएका छन् ।

हामीसँग कुरा गर्दै वर्तमान सरकार बनाउन सहयोग गरेको मोर्चाले सरकारले सहमतिको वातावरण बनाउन गरेको काम सन्तोषजनक भएको बताए ।

उनले अब संविधान संसोधनको विषयसहित भाषा, नागरिकतालगायतका विषयमा प्याकेजमै विपक्षी दलसँगसमेत सहमति गरेर संविधान संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने बताए ।

संविधान संसोधन प्रस्ताव दर्ता भएपछि मोर्चा सरकारमा जाने बारे पनि मोर्चाभित्रै छलफल चलिरहेको बताइएको छ । संशोधनको टुंगो लागेपछि मोर्चाआबद्ध दलले आफुखुशी यसबारे निर्णय गर्न सक्ने शुक्लाले भने ।