२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


त्रिपुरेश्वरमा मोटरसाइकललाई बसको ठक्कर, २२ वर्षीय युवकको मृत्यु


0
Shares

                                                            फाइल फोटो

काठमाडौं, भदौ १३ । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा७३प ४३०९ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय विवेक बराइली रहेको प्रहरीले जनाएको छ ।

दक्षिणकाली यातायातको बा२ख ४०४२ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङ घर भएका गुर्जुधारा निवासी बराइलीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस