न्यूनतम् पारिश्रमिकको निर्णय लागू नभए आन्दोलनमा जाने चेतावनी • Image Khabar Image Khabar


न्यूनतम् पारिश्रमिकको निर्णय लागू नभए आन्दोलनमा जाने चेतावनी


Imagekhabar
१४ भाद्र २०७३, मंगलवार ०१:४७

न्यूनतम् पारिश्रमिकको निर्णय लागू नभए आन्दोलनमा जाने चेतावनी

काठमाडौं, भदौ १३ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन र न्युनतम् पारिश्रमिक निर्देशिका तत्काल कार्यान्वयन गर्न सम्पूर्ण सन्चारगृहहरुको ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रतिष्ठान शाखाहरुको भेला गरेको महासंघले साउन महिनादेखि लागू हुने गरी राजपत्रमा प्रकाशित भएको न्यूनतम् पारिश्रमिक सन्चारगृहहरुले लागू नगरेको भन्दै सन्चारगृहहरुसँग संवाद गर्ने निर्णय पनि गरेको छ ।

भदौ महिनाभित्र पनि न्यूनतम् पारिश्रमिकको निर्णय लागू नभए देशव्यापी आन्दोलनमा जाने चेतावनी पनि महासंघले दिएको छ ।

साथै, महासंघले व्यवस्थापिका–संसदको विकास समिति र श्रम समितिलाई न्यूनतम् पारिश्रमिकसम्बन्धी निर्देशनको अनुगमन गर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्