२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रुट परमिट नहुँदा सवारी संचालनमा रोक


0
Shares

खोटाङ, भदौ १४ । रुट परमिट नभएका सवारी सञ्चालनमा सरकारले रोक लगाएसँगै खोटाङका ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

अधिकांश ग्रामीण सडकमा रुट परमिट नभएपछि व्यवसायीले सवारी सञ्चालन नगर्दा सर्वसाधारण प्रभावित भएका हुन् ।

सार्वजनिक गाडि सञ्चालन नभएपछि सर्वसाधारण महंगो शुल्कमा हवाई यात्रा गर्न बाध्य भएका छ ।

रुट परमिट विनाका सवारीसाधन आवतजावतमा रोक लगाउँदा तीन दिन यता खानीडाँडा विमानस्थलमा यात्रुको भीड लागेको छ ।

कमै भीड हुने लामिडाँडा बिमान स्थलमा समेत यतिबेला यात्रुको चाप बढेको छ ।

रुघाखोकी र ज्वरोका बिरामी बढेका कारण हवाईजहाजमा थप चाप बढेको हो । लामो समयसम्म उडान नगरेको गोमा एयरलाईन्सले समेत यात्रुको भीडकै कारण उडान भरेको छ ।

जिल्ला प्रशासन कार्यालयले गत मंगलबारदेखि रुट परमिट नभएका यातायातका साधन सञ्चालनमा रोक लगाएको हो ।