
काठमाडौं, भदौ १४ । शान्ति तथा पुनःनिमाणमन्त्री सीतादेवी यादवले द्वन्द्वपीडितका पक्षमा भाषणभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाएकी छन् ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुसम्बन्धी आन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता छानबिन आयोगले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले आफूले द्वन्द्वपीडितका पक्षमा काम गर्ने बताइन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगले प्रारम्भिक छानबिन गरिसकेको भन्दै सरकारले सहयोग गरेमा काम गर्न कुनै असजिलो नपर्ने बताए ।
कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले आफू जागिरका लागि नभइ काम गरेर देखाउन आएको बताए ।
यस्तै, महान्यायाधीवक्ता रमन श्रेष्ठले आयोगलाई सरकारले स्वतन्त्ररुपमा काम गर्न दिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्