
काठमाडौं, भदौ १४ । अस्थायी शिक्षकहरुले शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन नगरेको गुनासो गरेका छन् ।
मंगलबार राजधानीमा कार्यक्रम गरी उनीहरुले सरकारले आफूहरुको मागलाई बेवास्ता गरेपछि अब आन्दोलनमा जानुको विकल्प नभएको बताएका हुन् ।
३२ वर्षदेखि शिक्षण पेशामा रहेकाहरुलाई सरकारबाट कुनै राहत र सुविधा प्राप्त नहुने गरी ऐन ल्याइएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष निरेन्द्र कुँवरले २०६१ सालमा नै अस्थायी शिक्षकलाई औषधि–उपचार खर्च बराबरको रकम दिने भनी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्