‘न्यूनतम् पारिश्रमिक लागू गराउन सबैपक्ष एकजुट हुनुपर्छ’ • Image Khabar Image Khabar


‘न्यूनतम् पारिश्रमिक लागू गराउन सबैपक्ष एकजुट हुनुपर्छ’


Imagekhabar
१५ भाद्र २०७३, बुधबार ००:४९

‘न्यूनतम् पारिश्रमिक लागू गराउन सबैपक्ष एकजुट हुनुपर्छ’

काठमाडौं, भदौ १४ । सरकारले सन्चारगृहहरुका लागि तोकेको न्यूनतम् पारिश्रमिक निर्देशिका लागू गराउन नेपाल पत्रकार महासंघ, ट्रेड युनियन संगठनहरु र सरोकारवाला सबैपक्ष एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

युनि ग्लोबल युनियन नेपाल, मिडिया कर्मचारी युनियन नेपाल र इमेज स्वतन्त्र कर्मचारी युनियनले संयुक्तरुपमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले सन्चार क्षेत्रमा पनि ट्रेड युनियन अभियानलाई सशक्त बनाउनुपर्ने बताएका थिए ।

उनीहरुले सन्चार क्षेत्रजस्तो सचेत वर्ग क्रियाशील रहने क्षेत्रमा पनि सन्चारकर्मी तथा कर्मचारीहरु पीडित हुनुपर्ने अवस्थाको अन्त्य गर्न पनि एकीकृतरुपमा अघि बढ्नुपर्ने सुझाव दिए ।

मिडिया सन्चालकहरुलेसमेत समय र बदलिँदो परिस्थिलाई आत्मसात् गर्नसक्नुपर्ने भन्दै सहभागीहरुले दुबैपक्षको हीत हुने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्