दैनिक दुई लाख रोटी पाक्ने भान्छा, निःशुल्क खानाको व्यवस्था (फोटो फिचर) • Image Khabar Image Khabar


दैनिक दुई लाख रोटी पाक्ने भान्छा, निःशुल्क खानाको व्यवस्था (फोटो फिचर)


Imagekhabar
१५ भाद्र २०७३, बुधबार १५:२५

दैनिक दुई लाख रोटी पाक्ने भान्छा, निःशुल्क खानाको व्यवस्था (फोटो फिचर)

अमृतसर भदौ १५ । विश्वमा करोडौं मानिस दिनभरीको संघर्षका बाबजुद पेटभरी खाना खान नपाइरहेको अवस्थामा भारतको एउटा मन्दिरमा दैनिक सरदर ७० हजार मानिसले निःशुल्क भोजन गर्दै आएका छन् ।

अमृतसरमा रहेको ‘गोल्डेन टेम्पल’ (स्वर्ण मन्दिर) मा धनी–गरिब, ठूलो–सानोजस्ता कुनै विभेदविना सबै मानिसलाई समान व्यवहार गरिन्छ । तीर्थालुलाई निःशुल्क भोजनको व्यवस्था छ भने सबै एउटै लाइनमा बसेर खाना खान्छन् ।

दैनिक दुई लाख रोटी पाक्ने भान्छा, निःशुल्क खानाको व्यवस्था (फोटो फिचर)

यो मन्दिरको भान्छामा दैनिक १२ हजार किलो पिठो, १३ हजार किलो दाल, एक हजार पाँच सय किलो चामल र दुई हजार किलो तरकारी खपत हुन्छ ।

दैनिक सरदर दुई लाख रोटी पाक्ने यो भान्छामा रोटी पकाउनका लागि विशेष यन्त्रको व्यवस्था गरिएको छ, जसमा एक घण्टामा करिब २५ हजार रोटी पाक्छ ।

दैनिक दुई लाख रोटी पाक्ने भान्छा, निःशुल्क खानाको व्यवस्था (फोटो फिचर)

खाना बनाउनका लागि उर्जाका रुपमा ग्यास र दाउरा प्रयोग हुन्छ । यो मन्दिरको भान्छामा दैनिक एक सय सिलिन्डरभन्दा बढी ग्यास खपत हुने गरेको बताइन्छ ।

खाना बनाउने कामका लागि ४ सय ५० कर्मचारीका अतिरिक्त सयौं स्वयंसेवक परिचालन गरिएको हुन्छ ।

दैनिक दुई लाख रोटी पाक्ने भान्छा, निःशुल्क खानाको व्यवस्था (फोटो फिचर)

मन्दिरको डाइनिङ हलमा एकपटकमा ५ हजार मानिसले खाना खान सक्ने व्यवस्था छ । यस्ता दुईवटा हल मन्दिर परिसरमा छन् ।

जुठो भाँडा माझ्न पनि तीर्थालुहरु नै अग्रसर हुन्छन् । उनीहरु सेवाभावका साथ भाँडा माझ्छन् । केही अघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यो मन्दिरमा पुगेर भाँडा माझेका थिए ।

दैनिक दुई लाख रोटी पाक्ने भान्छा, निःशुल्क खानाको व्यवस्था (फोटो फिचर)

यो मन्दिरमा शीख धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र रहे पनि जुनसुकै धर्मावलम्बी यहाँ प्रवेश गर्न सक्छन् तर मन्दिर प्रवेशमा केही नियम भने सबैले पालना गर्नुपर्दछ ।

मन्दिरमा प्रवेश गर्नुअघि जुत्ता–चप्पल बाहिरै खोल्नु पर्दछ । मन्दिर परिसरभित्र धुम्रपान, मद्यपान प्रतिबन्ध छ । मन्दिरभित्र जानुअघि आफ्नो शीर ढाक्नु पर्दछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्