बलात्कारीलाई १६ वर्ष कैद • Image Khabar Image Khabar


बलात्कारीलाई १६ वर्ष कैद


Imagekhabar
१५ भाद्र २०७३, बुधबार १७:३७

बलात्कारीलाई १६ वर्ष कैद

इलाम, भदौ १५ । एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले मङ्गलबार १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम आठवर्ष कैदको सजाय सुनाएको छ ।

सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बरसमेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बरबमोजिम तीनवर्ष गरी १६ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

अदालतले राईलाई पीडितका नाममा ७५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको अदालतका स्रेस्तेदार भट्टराईले जानकारी दिए ।

कसुरदार राईले ती बालिकालाई २०७० साल यता पटक–पटक बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध गतबर्ष फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्