
इलाम, भदौ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालय सधैं जनताप्रति उत्तरदायी हुने बताएकी छिन् ।
सर्वोच्च अदालतले इलाममा गरेको न्यायिक सुशासन तथा न्यायमा पहुँच विषयक अन्तक्र्रियामा प्रधानन्यायाधीश कार्कीले कुनै पनि विषयको विवादलाई फैसलामार्फत् भन्दा मेलमिलापबाट टुंगोमा पु¥याउनुपर्नेमा जोड दिइन् ।
उनले सर्वसाधारणले न्यायको अनुभूति पाउने गरी काम गर्न मातहतका न्यायाधीश तथा कर्मचारीलाई निर्देशन दिइन् । न्याय खोज्न आउनेहरुले धेरै रकम खर्च गर्न नपर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्