१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


फेवा नववर्ष महोत्सव सुरु


0
Shares

पोखरा, चैत २९ । पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा १६औं फेवा नववर्ष महोत्सव २०७६ सुरु भएको छ ।

संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको शुक्रबार गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।

नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले बताए ।

महोत्सव आउँदो आइतबारसम्म चल्नेछ ।