१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


लिबियाबाट नेपाली शान्ति सैनिक ‘नहट्ने’


0
Shares

काठमाडौं, चैत २९ । नेपाली सेनाले अफ्रिकी राष्ट्र लिबियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भन्ने समाचारमा सत्यता नभएको स्पस्ट गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘मिसन हेडक्वार्टर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनी सम्प्रेषित आधारहीन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेना अनुरोध गर्दछ ।’

त्यहाँ तैनाथ मिसन हेडक्वार्टरको सुरक्षाको जिम्मेवारी नेपाली शान्ति सैनिकले गरिरहेको जानकारी दिँदै सेनाले अन्तर्राष्ट्रिय समुदायमा नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ । रासस