काठमाडौं, भदौ १५ । जापानको उत्तरी इवाइजुमी सहरमा रहेको बृद्धाश्रममा भारी वर्षापछि आएको बाढीका कारण ९ जनाको मृत्यु भएको छ । बृद्धाश्रमलाई पहिरोबाट आएको लेदो माटोले बगाएको थियो ।
‘लिओनरक’ नाम दिइएको आँधीका कारण अरु दुईजनाको पनि मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
आँधी आउने सूचना जारी गरेपनि समुद्री किनारमा रहेको उक्त बृद्धाश्रम खाली गरिएको थिएन ।
तर, समुद्रीतटमा रहेका अरु क्षेत्रमा भने पहिरो र बाढीको त्रासका कारण ४ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आँधीका कारण सयौं हवाई तथा रेलसेवा रद्ध गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्