
चितवन, भदौ १५ । चितवनको पर्यटकीय नगरी सौराहामा चेपाङ संग्रहालय स्थापना भएको छ ।
पूर्वीचितवनकोे रत्ननगरमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रले सौराहामा संग्रहालय सन्चालन गरेको हो ।
संग्रहालयमा चेपाङ समुदायले दैनिक प्रयोग गर्ने औजार, भाडा, बाजाहरु शिकार खेल्दा प्रयोग गरिने पुरातन हतियार, खेतीमा प्रयोग गर्ने समानहरुलगायतका सामग्रीहरु रहेका छन् ।
चेपाङहरुको संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न संग्रहालयले ठूलो सहयोग पुर्याउने केन्द्रका अध्यक्ष केपी किरण शर्माले विश्वास व्यक्त गरे ।
संग्रहालयको बुधबार एक कार्यक्रमकाबीच पत्रकार अखण्ड भण्डारीले उद्घाटन गरेका हुन् ।
सो अवसरमा चेपाङ समुदायको समाचारलाई प्राथमिकता दिएर सम्म्रेषण गरेको भन्दै पत्रकार धर्मराज अर्याललाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्