निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश • Image Khabar Image Khabar


निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार ०२:५३

निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश

काठमाडौं, भदौ १५ । सर्वोच्च अदालतले परिवर्तित अवस्थामा स्थानीय निकायको निर्वाचनको तयारीबारे जानकारी दिन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ र हरिकृष्ण कार्कीको संयुक्त इजलासले बुधबार परिवर्तित अवस्थामा स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिन आदेश दिएको छ ।

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलगायतले गत वैशाख २१ गते स्थानीय निकायको निर्वाचनको मिति जतिसक्दो छिटो तोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्