अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार • Image Khabar Image Khabar


अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार १६:२५

अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार

मिजोरम, भदौ १६ । दैनिक उपभोग्य बस्तु खरिद गर्नका लागि हामी बजार जाने गर्दछौं । आफूलाई चाहिएको सामानको मुल्य पसलेसँग सोध्छौं र सकेसम्म मुल्य घटाएर ती सामान खरिद गर्दछौं ।

अनुमान गर्नुस्, जब पसले नै छैन भने के गर्नु हुन्छ ?

भारतको पूर्वोत्तरस्थित मिजोरममा यस्तो बजार छ, जहाँ पसले नै हुँदैनन् । पसलमा विभिन्न सामाग्री राखिएका त हुन्छन् तर पसले बिना नै व्यापार हुने गर्दछ ।

अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार

पसलेले सामानसँगै मुल्यसूची लेखिदिएको हुन्छ । खरिदकर्ताले आफूलाई चाहिएको सामानको मुल्य सोही मुल्यसूचीमा हेरेर तिर्ने गर्दछन् । रकम लिनका लागि पनि पसलमा कोही हुँदैनन् । क्रेता आफैंले तोकिएको मुल्यअनुसारको रकम राखिदिएर जान्छन् । पैसा लिनका लागि एउटा भाँडो राखिएको हुन्छ, जहाँ क्रेताले आफूले लगेको सामानअनुसारको रकम राखिदिन्छन् ।

खुद्रा पैसाका लागि पसलेले नै एउटा छुट्टै बाकसको व्यवस्था गरिदिएको हुन्छ, जहाँ क्रेताले खुद्रा पैसा फिर्ता लैजान पनि पसलेलाई कुर्नु पर्दैन ।

अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार

भारतीय संचारमाध्यमका अनुसार मिजोरममा सडक छेउ यस्ता पसल बग्रेल्ती हुन्छन् । किसान बाहुल्य क्षेत्रमा खासगरी कृषि उपजहरु यसरी नै बिक्री हुँदै आएको छ ।

आफूले उत्पादन गरेका तरकारी लगायतका सामानहरु सडक छेउका छाप्रोमा राखेर किसानहरु खेतमा काम गर्न जान्छन् । क्रेता आफैंले सामानको मुल्य हेरेर रकम राखिदिने र सामान लैजाने गर्दछन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्