
काठमाडौं, भदौ १६ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा विहीबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताकाक्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।
सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बुझिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्