१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


डा. केसीको माग सम्बोधन गर्न आग्रह


0
Shares

काठमाडौं, असार २५ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै जुम्लामा अनशनरत् डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सरकारले आफैं गर्नुपर्ने काम डा. केसीले उठाइदिँदासमेत पनि सरकारले नसुन्नु दुःखद् भएको बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले सरकारले बनाएको चिकित्सा शिक्षा विधेयक पारित गरिएमा मेडिकल कलेज काठमाडौंमामात्रै थुप्रिने र उपत्यकाबाहिर डाक्टरहरुको झन् अभाव हुने जिकिर गरे ।

यस्तै, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले निजी मेडिकल कलेजहरु खुल्न सुरु भएदेखि नै चिकित्सा क्षेत्रमा विकृति देखापरेको भन्दै बाहिर पढ्न जाने विद्यार्थीलाई रोक्ने कार्यक्रमसहित विधेयक आउनुपर्ने बताए ।