२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024


भारतीय श्रमिकहरु देशब्यापी हड्तालमा


0
Shares

नयाँ दिल्ली, भदौ १७ । भारतमा विभिन्न श्रमिक संगठनले शुक्रबार देशब्यापी हड्ताल गरेका छन् ।

विभिन्न १० ट्रेड युनियनको सहभागितामा देशब्यापी हड्ताल आह्वान गरिएको हो । श्रमिक हड्तालका कारण शुक्रबार भारतमा उर्जा, बन्दरगाह, बैंकिङ्ग क्षेत्र लगायत विभिन्न कार्यालय तथा कलकारखाना प्रभावित हुने जनाइएको छ ।

श्रमिक संगठनहरुले विभिन्न १२ सूत्रीय माग राख्दै हड्ताल गरेका हुन् । न्यूनतम ज्याला निर्धारण, श्रम कानुन पूर्ण रुपमा लागू, निजीकरणको नीति बन्द गरिनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् । (एजेन्सी)